+
+

फिफा विश्वकप ड्र : जर्मनी र स्पेन एकै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते ८:५२

१९ चैत, काठमाडौं । जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एकै समूहमा परेका छन् ।

शुक्रबार राति कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् ।

समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् ।

सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ ।

लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् ।

विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ ।

आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् ।

यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् ।

कुन समूहमा कुन राष्ट्र ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड)

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/अष्ट्रेलिया/पेरु)

समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/न्युजिल्याण्ड)

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?