+
+

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १८:३३

२० चैत, दाङ। घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ ।

देशकै पहिलो बालमैत्री उपमहानगरका रुपमा चैत २३ गते घोषणा गर्ने तयारी थालिएको मेयर नरुलाल चौधरीले बताए ।

आइतवार पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले बालमैत्रि घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु पूरा भएको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको चैत ९ गते निर्णय अनुसार बालमैत्रि नगर घोषणा गर्ने थालिएको नगर प्रमुख चौधरीले बताए । प्रदेशका मुख्य मन्त्रि कुलप्रसाद केसीले उपमहागरलाई बालमैत्री घोषणा गर्ने भएका छन् ।

नेपालको संविधान र बालमैत्री स्थानिय शासन कार्यान्वय निर्देशिका २०७८ मा भएको व्यवस्था बमोजिम घोराहीलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने थालिएको हो ।

बालमैत्री घोषणका लागि विद्यालयहरुमा बालमैत्री वातावरणमा अध्ययन अध्यापन, नगरका हरेक स्वास्थ्य केन्द्रमा स्तनपान कक्षको व्यवस्था, पूर्णखोप र खुल्ला दिशामुुक्त घोषणा भइ सकेको नगर प्रमुख चौधरीले बताए ।

त्यस्तै लागि सडक मानवमुक्त नगर घोषणा, १९ वटै वडामा बाल क्लव र बाल सञ्जाल गठन, १५ प्रतिशत रकम बालबालिकाको लागि विनियोजित, बालमैत्री स्थानीय शासनका लागि सबै वडामा अभिमुखीकरण लगायतका सूचक पुरा गरेको उपमहानगरले जनाएको छ ।

साथै सबै सरोकारवालाहरुले बालमैत्री घोषणाका लागि प्रतिवद्धता जनाएको उपमहानले बताएको छ । बालमैत्री घोषणा पश्यात पनि दिर्घकालीन रणनिती अनुसार अगाडि बढीने उप महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?