+
+

वीरगञ्जमा चैत २५ र २६ मा तेक्वान्दो प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:४३

२१ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले चैत २५ र २६ गते प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका तेक्वान्दो खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा १४ औं साग गेम र इन्डोनेशियामा हुन गइरहेको १९ औं एशियन गेमलाई लक्षित गरेर प्रतियोगिता राखिएको जानकारी गराइयो ।

प्रतियोगितामा पुरुषतर्फ अण्डर ४१ देखि ७४ र महिलातर्फ अन्डर ४१ देखि ५७ किलो तौल समूहमा खेलहरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार पुरस्कार दिइनेछ भने वेष्ट फाइटर एक महिला र एक पुरुषलाई २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

नेपाल तेक्वान्दो संघका प्राविधिकसँगको समन्वयमा सञ्चालन गरिने प्रतियोगितामा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

आन्दोलनको भूमि वीरगञ्जलाई खेलकुदको माध्यमबाट पनि पहिचान दिलाउने उद्देश्यले वीरगञ्जमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको उनले बताए । नेपाललाई विश्व खेल जगतमा चिनाउन तेक्वान्दो खेलेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तेक्वान्दोका प्रशिक्षक नाजिर हुसेन अन्सारी बताउँछन् ।

सन् १८८८ मा कोरियाको राजधानी सोलमा सम्पन्न २४ औं ओलम्पिक खेलमा विधान लामाले अन्र्तराष्ट्रिय स्तरमा सबैभन्दा ठूलो पदक कास्य पदक पाएका थिए । सन् १९९६ मा अष्ट्रेलियाको मेलवर्नमा भएको १२ औं एशियन तेक्वान्दो प्रतियोगितामा संगीना वैद्यले स्वर्ण पदक पाएकी थिइन् ।

सन् १९९८ मा थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न १४ औं एशियन गेममा सविता राजभण्डारीले रजत पदक पाइन् । दक्षिण एशियाली खेलकुदको इतिहासमा सर्वाधिक ४ वटा स्वर्ण पदक प्राप्त गरी ऐतिहासिक सफलता हासिल गर्ने दीपक विष्ट पनि तेक्वान्दो खेलाडी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?