
२३ चैत, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा भेटिएकी छन् ।
गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा वुधवार बिहान उनको शव भेटिएको हो ।
‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4