+
+

बैंककमा टेकअफका क्रममा पांग्रा पन्चर भएको जहाज मर्मतपछि काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते ११:५९

काठमाडौं । एक साता (१ अप्रिल) अगाडी थाइल्याण्डको बैंककमा धावनमार्गमा गुडिसकेको अवस्थामा अकस्मात ब्रेक लगाउँदा पांग्रा पन्चर भएपछि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको जहाज आवश्यक मर्मतपछि काठमाडौं ल्याइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आरए-४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो । त्यसपछि पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए । १४१ जना याुत्रलाई ४ अप्रिलमा अर्को जहाज पठाएर काठमाडौं ल्याइएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए । आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो । मर्मत सम्पन्न भएको ९एनएकेडब्लू जहाज बुधबार काठमाडौं अवतरण गरेको हो । यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निगमले एक समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?