
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाका साथ जी-बब
काठमाडौं । जी-बब नामले चर्चित र्यापर सुदीप भण्डारी अहिले चर्चामा छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी तन्नेरी सामाजिक सञ्जालमा भाइरल छन् ।
जी-बबलाई लिएर नयाँ खबर छ । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को एउटा गीतलाई उनले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ ।
अनमोल र जी-बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ । भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जहाँ फिल्म र गायन विधाका दुई स्टारलाई देख्न सकिन्छ ।
स्रोतका अनुसार जी-बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ । एएनटीएफ प्रतिस्पर्धाको फाइनलबाट अचानक हराएपछि जी-बब सबैको खोजीका पात्र समेत थिए । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् ।
अनमोल र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4