
२४ चैत, काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा प्राचीन मूर्ति परिवर्तन गरेर कोठामा बन्द गरी राखेरअदातलको अवहेलना भएको विषयमा जवाफ माग गरेको छ । काष्ठमण्डप पुनर्निर्माण समितिसहित काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका हेरचाह अड्डासँग अदालतले जवाफ माग गरेको हो ।
अदालतले यसअघि मूर्तिबारे विवाद भएपछि यथास्थितिमा राख्न आदेश दिएपनि राष्ट्रपतिको उपस्थितिमा काष्ठमण्डपको लोकार्पण भएको थियो । कार्यक्रम तय भएपछि अदालतमा परेको मानहानी मुद्दामा अदालतले विपक्षीसँग ७ दिनभित्र जवाफ मागेको हो ।
काष्ठमण्डप पुननिर्माण समितिको अध्यक्ष राजेश शाक्य, महानगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाको कार्यकारी प्रमुख सन्दिप खनालले अब ७ दिनभित्र अदालतमा जवाफ दिनुपर्नेछ । विपक्षीलाई स्वयम् उपस्थित अदालतले भनेको छ ।
प्रतिक्रिया 4