+
+

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते ९:२६

२५ चैत, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?