+
+

संसद पुनर्स्थापना गर्ने अदालतको आदेशपछि पाकिस्तानमा अब के ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १२:०५

२५ चैत, काठमाडौं । पाकिस्तानमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री इमरान खानमाथिको अविश्वास प्रस्तावमा भोलि (शनिबार) मतदान हुने छ ।

अदालतले नै ९ अप्रिलका दिन संसद बैठक बोलाउन र अविश्वास प्रस्तावमा मतदान गराउन आदेश दिएको थियो ।

इमरानविरुद्धको अविश्वास प्रस्ताव पारित हुने भएपछि उपसभामुख क्वासिम सुरीले त्यो प्रस्ताव नै खारेज गरेका थिए । र त्यसपछि इमरानले संसद विघटन ।

त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले उपसभामुखले प्रस्ताव खारेज गर्नु कानून सम्मत नभएको भन्दै अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेश पछि अब शनिबारको संसद बैठकमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोट हुने छ ।

३४२ सदस्यीय संसदमा इमरानको पक्षमा १५५ जना मात्र सांसद छन् ।

अविश्वास प्रस्ताव पारित भएमा सभामुखले राष्ट्रपतिलाई यसको जानकारी दिने छन् र नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ ।

विपक्षी गठबन्धन जसले इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो उसले शहबाज सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ ।

जस अनुसार सबै पक्रिया पूरा गरेर इमरानले विश्वासको मत गुमाएको २४ घन्टा भित्रमा नयाँ प्रधानमन्त्री पाकिस्तानले पाउने छ ।

अमेरिका र पश्चिमा देशको डिजाइनमा अविश्वास प्रस्ताव आएको आरोप लगाउँदै आएका प्रधानमन्त्री इमरानले भने आफूले अन्तिम क्षणसम्म सामना गर्ने बताएका छन् । ‘मैले भोलि मन्त्रिपरिषद र सर्वदलीय बैठक बोलाएको छु,’ पूर्व क्रिकेटरसमेत रहेका उनले बिहीबारराति ट्वीट गरेका छन्, ‘देशका नाममा संवोधन गर्ने छु र मैले पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्ने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?