
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले जानकारी दिए ।
पुरुष-महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५-१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4