
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यकारिणी समितिमा चयन भएका छन् ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका पोखरेल (म्यान) को कार्यकारिणी समितिको व्यक्तिगत तर्फ चयन भएका हुन् ।
म्यानले काठमाडौंस्थित याक एन्ड यति होटलमा शनिबार आयोजना गरेको कार्यक्रममा विजेताहरुले प्राप्त गरेको मत परिमाणबारे घोषणा गरिएको थियो ।
कार्यकारिणी समितिको व्यक्तिगत तर्फ पोखरेल विजयी भएसँगै बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4