+
+
Shares

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता कार्यक्रम

‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मूलमन्त्र आत्मसाथ गर्दै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फागुनमा सात प्रदेशका विभिन्न स्थानका समुदायमाझ बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १८:४१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सात प्रदेशमा बृहत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मूलमन्त्र आत्मसाथ गर्दै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फागुनमा सात प्रदेशका विभिन्न स्थानका समुदायमाझ बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम विषेशगरी किसान, उद्यमी, महिला तथा युवा लक्षित गरी आयोजना भएको थियो ।

कार्यक्रममा व्यावसायिक योजना तयारी, बजारीकरण सम्भावना, बजार व्यवस्थापन रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी र खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहक अधिकार लगायत विषय समेटिएका थिए ।

बृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुविधा हट्ने र भविष्यमा आइपर्ने जोखिम समयमै व्यवस्थापन गर्न सहजीकरण हुने आशय व्यक्त गरिएको बैंकले जनाएको छ ।

आर्थिक सामाजिक उत्तरदायित्व आत्मसाथ गर्दै यस किसिमका कार्यक्रम विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने, यस्ता कार्यक्रमले जनमानसको बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक धारणा हट्ने र वास्तविक सूचना समुदायमाझ पुग्ने भएकाले यसको सकारात्मक प्रभावकारिता रहेको बैंकले जनाएको छ ।

बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?