+
+

विद्युतीय गाडीबारे काठमाडौंमा हुण्डाइको अन्तरक्रिया कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:५०

काठमाडौं । नेपालका लागि अको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको थापाथलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । २५ चैतमा आयोजित मिडिया भेलामा डेडिकेटेड शोरुम, दीगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरुको बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा विभिन्न प्रस्तुति मार्फत हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी विभिन्न जानकारी गराइएको थियो ।

हुण्डाइको विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोबिलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ । साथै नेपालमा विद्युतीय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?