
२७ चैत, जनकपुरधाम । नेकपा एमालेले धनुषाको दुई स्थानीय तहमा प्रमुखको उम्मेद्वार सिफारिस गरेको छ ।
मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकामा उम्मेद्वार सिफारिस गरेको छ ।
उपमहानगरपालिका कमिटीको बैठकले शिवशंकर साह ‘हिरा’ लाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । साह जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
यस्तै, एमालेले मिथिला नगरपालिकामा अहिलेको मेयर हरिनारायण महतोलाई नै उम्मेद्वार बनाउने निर्णय गरेको छ । नगर कमिटीको आइतबार बसेको बैठकले उनलाई मेयरको उम्मेद्वारका निम्ति सिफारिस गरेको जिल्ला अध्यक्ष यादवले बताए ।
उनका अनुसार उपमहानगरपालिकाको उम्मेद्वार केन्द्रीय कमिटिले घोषणा गर्ने छ । नगरपालिका, गाउँपालिकाका उम्मेद्वारको घोषणा प्रदेश कमिटीले र वडाका उम्मेद्वार जिल्ला कमिटीले घोषणा गर्ने यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4