+
+

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १४:०२

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली टोली अहिले अमेरिकाको भिसा प्रक्रियामा रहेको हुनाले क्यानडा भ्रमणका लागि कुनै तयारी नभएको पनि उनले जानकारी दिए ।

‘हामीले क्यानडा बोर्डसँग कुरा गर्दा सकारात्मक जवाफ पाएका छौं । तर, त्यहाँ जानका लागि धेरै तयारी गर्नुपर्छ । जुन सुरु भएको छैन,’ दासले अनलाइनखबरसँग भने । नेपालले क्यानडासँग टी-२० र एकदिवशीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

आगामी वर्ष जेठ २४ देखि ३१ गतेसम्म अमेरिकामा त्रिकोणात्मक शृंखला हुँदैछ । विश्वकप लिग टूमा नेपालले अहिलेसम्म १२ खेल खेलेकोमा ६ जित र ६ हारको नतिजा निकालेको छ । सात टोली सम्मिलित लिगमा नेपाल छैटौं स्थानमा छ ।

नेपालले यसै महिनाको सुरुमा युएई र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक शृंखला खेलेको थियो । त्यस खेलमा नेपालले २ जित र २ हारको नतिजा निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?