+
+

मोडुलर किचन : कति खर्चालु, कति सुविधाजनक ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १८:११

भान्साघर परिवारको मन जोड्ने घर हो । प्राचीनकालदेखि अहिलेसम्म भान्साको महत्व एक समान छ । यो खाना पकाउने ठाउँ मात्रै नभई खानाको माध्यमबाट परिवारलाई एकसाथ जोडेर राख्ने माध्यम पनि हो । भान्साले पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउने काम गर्छ ।

भान्साघर निर्माण गर्ने विभिन्न विधि र पद्धति छन् । समयसँगै भान्साघरको निर्माण र डिजाइनमा पनि नयाँ नयाँ शैली आइरहेका छन् । यस्तोमा मोडुलर किचनले आफ्नो अलग्गै पहिचान बनाएको छ । यसले आधुनिक भान्साको प्रतिनिधित्व गरिरहेको छ ।

के हो मोडुलर किचन ?

मोडुलर किचनलाई अनुकूल भान्सा भनिन्छ । यो निकै आकर्षक र सुन्दर हुन्छ । मोडुलर किचनमा हरेक चीजका लागि निश्चित ठाउँ बनाइन्छ ।

मोडुलर किचनको अवधारणा दिनप्रतिदिन लोकप्रिय हुँदै गइरहेको छ । यो सुन्दर हुनुका साथै आरामदायी हुन्छ ।

मोडुलर किचन किन बनाउने ?

मोडुलर किचन भान्साको आधुनिक रुप हो । मोडुलर किचनमा काम गर्दा सहज अनुभव हुन्छ । यो भान्सा सरल, सहज र आरामदायी छ ।

मोडुलर किचन अहिले हरेक गृहिणीको सपनाको भान्साघर भएको छ । यसको बढ्दो प्रयोगले गृहिणीलाई भान्सामा काम गर्न सहज भएको छ । अहिले बजारमा मोडुलर किचन पाउन गाह्रो छैन । बजारमा न्यूनतम मूल्यमै यो किचन उपलब्ध छ ।

मोडुलर किचन नै किन ?

मोडुलर किचनमा सामान्य किचनमा जस्तो सामानका लागि यताउति फर्किनु र सरसमान खोजिरहनु पर्दैन । यसमा सबै चीज वस्तुका लागि ठाउँको व्यवस्थापन गरिएको हुन्छ । जसका कारण गृहिणीले अन्य भान्सामा जस्तो यताउति गरिराख्नुपर्दैन, यसमा सबैकुरा आँखा अगाडि हुन्छ भने सरसफाइ गर्न पनि सहज हुन्छ ।

यसका साथै यसको रंगका कारण मोडुलर किचन निकै आकर्षक, सुन्दर र भव्य देखिन्छ ।

मोडुलर किचनका फाइदा

आधुनिक मोडुलर किचनमा बास्ना तथा गन्ध नियन्त्रण गर्ने क्षमता हुन्छ । घरमा धुवा नहोस भन्नका लागि भान्साबाट हुडका साथै चिम्नीको व्यवस्था गरिएको हुन्छ ।

यसमा ढोका र चुकुल निकै सरल र हलुका हुन्छन् ।

पुरानो भान्सालाई मोडुलर किचनमा बदल्न सकिने

पुरानो भान्सालाई आधुनिक मोडुलर किचनमा परिणत गर्न सकिन्छ । तर यसका लागि राम्रो गुणस्तरीय डिजाइनिङ कम्पनीको छनोट गर्नुपर्छ ।

यसका लागि डिजाइनरले भान्साका लागि ठाउँ, अलमारी, डिस–वासर र फ्रिजका लागि ठाउँ नाप्छ । उनीहरुले उचित स्थानमा उचित वस्तु रहने गरी डिजाइन तयार गर्छन् ।

लागत कति लाग्छ ?

आधुनिक मोडुलर किचन निर्माण गर्न धेरै रकम खर्चिनु पर्दैन । मध्यम खालको मोडुलर किचन निर्माण गर्न  प्रति वर्गफिट १२ सयदेखि ८ हजार नेपाली रुपैयाँसम्म पर्छ ।

आवश्यकता अनुसार बदल्न सकिने

आधुनिक मोडुलर किचनलाई आफ्नो आवश्यकता अनुसार बदल्न सकिन्छ । चाहेको बेला डिजाइनर बोलाइ यसको स्वरुप परिवर्तन गर्न सकिन्छ ।

मोडुलर किचनका प्रकार

एल आकारको मोडुलर किचन : एल आकारको मोडुलर किचन सबैभन्दा बढी प्रयोगमा आएको डिजाइनमा पर्छ । यसका लागि ठूलो ठाउँको आवश्यकता पर्दैन । साना–साना फ्ल्याटमा अधिकांश यही किचन प्रयोग गरिन्छ ।

सानो ठाउँमा पनि राम्रो सुन्दर किचन बन्ने भएकाले अधिकांशले यही बनाउने गरेका छन् । यसमा सरसमानका लागि उचित तरिकाले स्थान बनाइएको हुन्छ ।

सिधा मोडुलर किचन : सिधा मोडुलर किचन निकै कम मात्रले बनाउने गर्छन् । सिधा किचन हुँदा सबै सरसमान एकै स्थानमा राख्नुपर्ने हुन्छ । ठाउँ अभावका कारण यस्तो किचन बनाइन्छ भने यसमा ठाउँको कमी रहन्छ ।

यु आकारको मोडुलर किचन : अधिकांश हुनेखानेको घरमा यु आकारको भान्साघर निर्माण गरिएको हुन्छ । यसलाई राम्रो पनि मानिन्छ । यसमा भान्साघरको त्रिकोण नीतिको भरपुर प्रयोग गरिएको हुन्छ । यस्तो भान्सामा धेरै जनाले एकसाथ काम गर्न सक्छन् ।

यु आकारको भान्सा ठूलो ठाउँ भएकाले सरसमानका लागि पनि उचित व्यवस्था गरिएको हुन्छ ।

समानान्तर मोडुलर किचन : समानान्तर मोडुलर किचनमा दुईतिरका काउन्टर एकापसमा जोडिंदैनन् । यसमा सामान भण्डारण गर्ने क्षमता निकै बढी हुन्छ । यस्तो किचनलाई एकातिर सुख्खा र अर्कोतिर पानीको प्रयोग हुने गरी प्रयोग गर्न सकिन्छ ।

आइल्याण्ड मोडुलर किचन : आइल्याण्ड किचन हरेकले बनाउन चाहन्छ । यो सबैभन्दा बढीले मन पराएको किचन हो । यो किचन निकै आकर्षक र सुन्दर हुन्छ । आइल्याण्ड किचन बनाउने हरेकको सपना हुन्छ । यसले घर र भान्सा दुवैको सुन्दरता बढाउँछ भने काम गर्न सहज हुन्छ ।

यस्तो भान्सा ठूला घरहरुमा मात्रै निर्माण गरिएको हुन्छ । यसका लागि ठूलो ठाउँको आवश्यकता पर्छ ।

पेनिनसुला मोडुलर किचन : पेनिनसुला किचन जी आकारको हुन्छ । यस्तो किचन निकै बढी मात्रामा निर्माण गरिन्छ । यो किचन ठूला घर तथा महलमा निर्माण गरिन्छ । जुन हेर्दा आकर्षक, सुन्दर र भव्य हुन्छ । भान्साघरका हरेक कुरालाई मध्यनजर गर्दै पेनिनसुला मोडुलर किचन निर्माण गरिन्छ ।

मोडुलर किचन बनाउँदा ध्यान दिनुपर्ने कुरा

ठाउँ : कस्तो डिजाइनको ? कुन मोडुलर किचन बनाउने ? भन्ने कुरा किचनका लागि राखेको ठाउँमा भर पर्छ ।

स्टोरेजको आवश्यकता : मोडुलर किचन बनाउँदा आफूलाई आवश्यक पर्ने र सामान राख्न मिल्नेगरी बनाउनुपर्छ । किचनमा के कति सामान राखिन्छ त्यसमा भर पर्छ ।

किचनको काउन्टर टप : भान्सा निर्माण गर्दा काउन्टर टपमा विचार गर्नुपर्छ । काउन्टर टप, मार्बल, ग्रेनाइट तथा इन्जिनियरिङ स्टोन के को बनाउने ध्यान दिनुपर्छ । भान्सामा पाक्ने खानाले पनि निर्माण सामग्री छनोटमा प्रभाव पार्छ ।

रंगको छनोट : भान्सामा कालो र ब्राउन रंग लगाउनु उचित मानिंदैन । यसले उज्यालोलाई मार्छ । सिलिङ र भित्तामा गुणस्तरीय लाइटको प्रयोग गर्नुपर्छ । भान्सामा प्रयोग भएको ग्यास चुलोको माथि इलेक्ट्रोनिक चिम्नीको प्रयोग गर्नुपर्छ ।

कस्तो निर्माण सामग्री चयन गर्ने ?

बजारमा मोडुलर किचन निर्माण सामग्री हरेक दिन फरक–फरक आइरहेका छन् । जसको प्रयोगका कारण किचनमा काम गर्नु निकै आरामदायी भएको छ । भिन्नाभिन्नै निर्माण सामग्री र सेक्सनको प्रयोग गरी क्याबिनेट तथा बेस युनिटलाई पुनर्निर्माण गर्न सकिन्छ ।

कहिले लेमिनेट, कहिले सिटको प्रयोग गरी हामी मोडुलर किचन निर्माण गर्छौं । ग्रेनाइट प्रयोग गर्न सकिने यसमा अहिले पनि प्लेटफर्म र काउन्टर टपका लागि यसको प्रयोग गरिन्छ । मोडुलर किचनमा प्रयोग गरिने हरेक सामग्रीका आफ्ना फाइदा–बेफाइदा छन् ।

प्राकृतिक काठ

प्राकृतिक काठ वा सोलिड काठ मोडुलर किचनका लागि निकै महत्वपूर्ण हुन्छ । यसभित्र टीक, ससिम जस्ता काठको जस्तो गुणस्तर हुन्छ । यसको प्रयोग क्याबिनेटको डिजाइन गर्न गरिन्छ ।

धेरै रंग, टैक्सर र धेरै ग्रेसमा यो उपलब्ध हुन्छ, यो नै यसको फाइदा हो । जसको प्रयोगका कारण किचनलाई सुन्दरता प्रदान गर्न सकिन्छ । यो परम्परागत भएपनि यसले आधुुनिक लुक्ससमेत दिन्छ ।

हामी सजावटका लागि आफूलाई मनपर्ने डिजाइन तयार गर्न सक्छौं । काठको गुणस्तरमा लापरबाही गरे त्यसमा दागधब्बा देखिने र सतहको भाग तलमाथि हुने खतरा रहन्छ ।

लेमिनेट

लेमिनेट काठको विकल्पको रुपमा प्रयोग गरिन्छ । यसमा काठमाथि प्लाष्टिकले छोपेर राखेको पेपर राखिन्छ । उच्च र न्यून प्रेसर गरी लेमिनेट दुई प्रकारका हुन्छन् । यो टिकाउ हुन्छ, यसमा दागधब्बा लाग्दैन । जुन यसको फाइदा हो । तर यसको सुरक्षामा निकै ध्यान दिनुपर्छ । यसका कुना निकै संवेदनशील भएकाले टुट्न सक्छन् । यसमा रेजिन वा प्लाष्टिकको प्रयोग गरिएको हुन्छ । यसको कारण केही समयपछि खाद्य पदार्थमा असर पुर्‍याउन सक्ने ग्यास आउन सक्छ । यस्तो हुन नदिन किचनलाई सफा राख्नुपर्छ ।

विनियर्स

काठमा रहेका सोलिड वुड वा नेचुरल वुडका पातला टुक्रालाई विनियर्स भनिन्छ । यसका काठको प्रयोग गर्दा किचनको लुक्स सुन्दर र प्राकृतिक देखिन्छ । यसमा भएको सोलिड वुड गुणस्तरीय, सस्तो र लामो समयसम्म टिकाउ हुन्छ । यो यसको फाइदा हो ।

धेरै बढी चम्किलो, कम चम्किलो र डिम गरी यसको चमक तीन प्रकारको हुन्छ । तर यसमा घाम पर्दा भने यसको रंग उड्नुका साथै खुइलिएको जस्तो देखिन्छ । साथै यसमा छिटो दाग बस्छ ।

पीसीबी

पीसीबी पालिविनाइल क्लोराइडको छोटो रुप हो । सिन्थेटिक प्लास्टिक पालिमरको रुपमा यो बनाइएको हुन्छ । यो निकै आकर्षक र मजबुत भएका कारण मोडुलर किचन बनाउन यसलाई राम्रो सामग्री मानिन्छ ।

यसमा निकै धेरै रंग, पानीबाट नबिग्रिने वाटर प्रुफ र दाग धब्बा नबस्ने हुन्छ । यसका साथै यो सस्तो र रेखदेख गर्न सजिलो हुन्छ ।

तर यसले आगोलाई छिट्टै समात्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्छ । आगो टिपेको केही क्षणमा यसको रंग पहेलो हुनुका साथै जोर्नीहरु कमजोर हुन्छन् ।

स्टेनलेस स्टील

भान्साको लुक्सका लागि आल्मुनियम र प्लाष्टिक प्रयोग गर्न चाहनेका लागि स्टेनलेस स्टील राम्रो मानिन्छ । यसमा कहिल्यै खिया लाग्दैन भने दाग पनि बस्दैन । यसलाई गर्मी र चिसोले असर गर्दैन । अर्थात् भान्साको तातोले यसलाई असर गर्दैन ।

एक्रेलिक

एक्रेलिक पालिमिथाइल मेथाक्रिलेट हुन्छ । यो आधुनिक मोडुलर किचनमा निकै बढी मात्रामा प्रयोग भइरहेको छ ।

यो एक्रेलिक्स, प्लेक्सिग्लास, ल्युसाइट आदि जस्ता अलग–अलग स्वरुपमा उपलब्ध छ । यसभित्र कुनै ग्यास छिर्न पाउँदैन । जसका कारण खानालाई कुनै असर गर्दैन । यसलाई हरेक दोस्रो दिन सफा गरिरहनुपर्छ । यो लेमिनेटको तुलनामा निकै महँगो छ ।

आल्मुनियम

आल्मुनियम आधुनिक मोडुलर किचनमा सबैभन्दा बढी प्रयोग हुन्छ । आल्मुनियममा मौसमले कुनै असर गर्दैन । यो सस्तो, भरपर्दो, टिकाउ, दागधब्बा नलाग्ने, आगो नटिप्ने तथा खिया नलाग्ने हुन्छ ।

भारतीय सञ्चारमाध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?