+
+

माओवादी छाडेका बगडीया एमालेबाट रंगेलीमा मेयरको उम्मेद्‍वार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १०:३२

२९ चैत, विराटनगर । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए । केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

२०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्‍वार तेश्रो भएका थिए ।

यस्तै नेकपा एमाले धनपालथान गाउँपालिका कमिटीले पनि मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ ।  धनपालथान गाउँपालिका गएको चुनावमा पनि उनी उम्मेद्‍वार थिए । तर उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका थिए ।

नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए । ‘वैशाख ५ गते भित्र नाम सिफारिस गर्ने समय छ,’ उनले भने,‘ पाँच गते भित्र पालिका र वडामा सर्वसम्मत उम्मेदवार छनोट गर्छाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?