+
+

नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:१५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो सम्झौता गरेको बैंकले जनाएको छ । दराज डटकमको वेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ ।

दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?