+
+

अस्वस्थ भएकाले मुख्य निर्वाचन अधिकृत छाडेँ : न्यायधीश रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १९:४०

२९ चैत, चितवन । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले आफू अस्वस्थ भएकाले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीबाट अलग भएको बताएका छन् ।

निर्वाचन आयोगले सोमबार रावलको ठाउँमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई भरतपुरको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो । रावलले स्वास्थ्यमा असहजता आएकाले निर्वाचन आयोगलाई गरेको आग्रह अनुसार नै जिम्मेवारी परिवर्तन भएको स्पष्टिकरण फेसबुकमार्फत दिएका छन् ।

२६ चैतक बेलुकादेखि आफूलाई रिङ्टा (Dizziness) लाग्ने र बमन (Vommiting) हुने समस्या देखिएको र दुई दिन अस्पताल बसाइपछि अहिले घरमै आराम गरिरहेको उनले उल्लेख गरेका छन् ।

‘स्वास्थ्य अवस्थामा तत्काल पूर्ण सुधार आई नसकेको अवस्थामा थप केही दिन घरमै आराम गर्नुपर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु । मेरो यो असहज अवस्थामा मैले निर्वाचन आयोगमा गरेको अनुरोध बमोजिम नै निर्वाचन आयोगबाट हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषदबाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मुख्य निर्बाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अवस्था हो’ उनले भनेका छन् ।

निर्वाचन आयोगको निष्पक्षता र अन्य राजनीतिक दलप्रति अन्य टीकाटिप्पणी नगर्न पनि उनले अनुरोध गरेका छन् ।

रावल चितवन जिल्ला अदालतका पहिलो वरियताका न्यायाधीश हुन् । उनलाई हटाएर चौथो वरियताका न्यायाधीश अधिकारीलाई भरतपुरको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?