
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर २८ चैतदेखि केही सीमित समयको लागी लागू हुनेछ ।
बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने उदेश्यका साथ यो अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4