काठमाडौं । नयाँ वर्षको अवसर पारेर वान सिनेमाज्ले काठमाडौंको कालिमाटीमा नयाँ हल सञ्चालनमा ल्याउने भएको छ ।
३०० सिट क्षमताका दुई अडिटोरियमलाई सञ्चालनमा ल्याउन लागिएको वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले दिए । कालिमाटी ट्रेड सेन्टरको चौथो तल्लामा रहेको हल ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ सँगै हुनेछ ।
हलमा थ्रीडी र डल्बी अटमस ध्वनि प्रविधि जडान गरिएको छ । वान सिनेमाज्को यो दोस्रो फ्रेन्चाइज हो । यसअघि नयाँ बानेश्वरमा दुई अडिटोरियमसहितको हल सञ्चालनमा छ । बानेश्वरको हलमा वैशाख १ गतेदेखि ७० सिट क्षमताको प्रिमियम अडिटोरियम पनि सुरु हुँदैछ ।

प्राइभेट स्क्रिनिङ गर्न मिल्ने सुविधासहित प्रिमियम अडिटोरियम सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ । चाँडै वान सिनेमाजका थप आउटलेटहरु नेपालगञ्ज, इटहरी र भैरहवामा खोल्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4