
नयाँ आइफोन खरिद गर्दा एप्पलले सित्तैमा चार्जर दिन छाडिसकेको छ । वातावरण जोगाउने भन्दै एप्पलले चालेको यस्तो कदमले कम्पनीको खर्च घटाएको छ ।
ग्राहकलाई नयाँ आइफोनसँगै नि:शुल्क चार्जर एडप्टर दिन बन्द गरेको एप्पलले ३५ वाटको नयाँ चार्जर एडप्टर बजारमा ल्याउँदैछ ।
समाचार अनुसार एप्पलले ३५ वाटको एडप्टर चार्जर उत्पादनको काम तीव्र रुपमा अघि बढाएको छ ।
एप्पलको उक्त पावर एडप्टरमा डुअल यूएसबी टाइप सी पोर्ट हुनेछ । जसका कारण प्रयोगकर्ताले यसबाट एकसाथ दुई वटा फोन चार्ज गर्न सक्नेछन् ।
9to5mac को एक रिपोर्ट अनुसार एप्पलले आफ्नो वेबसाइटमा ३५ वाटको चार्जर सम्बन्धी दस्तावेज प्रकाशित गर्ने बित्तिकै हटाएको थियो ।
एप्पलको उक्त एडप्टरसँगै 5V/3A, 9V/3A, 15V/ 2.33A tyf 20V/1.75A जस्ता पावर आउटपुट मोड उपलब्ध हुनेछन् ।
एप्पलले MagSafe Duo सँगै वा त्यसलाई प्रतिस्थापन गर्नेगरी ३५ वाटको चार्जर पेस गर्नसक्ने बताएको छ । समाचार अनुसार यो एडप्टरलाई एप्पलले सन् २०२२ को अन्त्यसम्ममा सार्वजनिक गर्नेछ । कम्पनीले २० देखि ३० लाख गोटा ३५ वाटका चार्जर एडप्टर बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ ।
उक्त चार्जरमा युटिलाइज ग्यालियम नाइट्राइड (GAN) प्रविधि रहनेछ । यसअघि एप्पलले म्याकबुक प्रो २०२१ को १४० वाटको चार्जरमा पनि यो प्रविधिको प्रयोग गरेको छ । यो प्रविधिको सबैभन्दा धेरै प्रयोग एलइडी लाइटमा हुन्छ । टंगस्टेन फिलामेन्टको तुलनामा GAN हलुका हुन्छ र बिजुलीको खपत क मगर्दछ ।
चार्जरको उत्पादनका लागि एप्पलले Belkin तथा Anker जस्ता कम्पनीहरुसँग साझेदारी गरेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4