+
+

थप १९ जनामा कोरोना संक्रमण, ४९ निको

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १६:४०

३० चैत, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४९६ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १२ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 7८८पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?