+
+

शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:३२

नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् ।

म्यानको २६ चैतमा काठमाडौंमा भएको ४१औं बाषिर्क साधारण सभाको निर्वाचनबाट संस्थागत समूहतर्फबाट शिवम् सिमेन्टसहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए ।

त्यसमध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप-सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि सन २०२०मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?