
३० फागुन, काठमाडौं । आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो ।
नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको थियो ।
निगमले व्यवसायिक योजना अनुरुप काठमाडौं-रियाद-काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।
यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो । अब निगमको पनि नियमित उडान भएपछि यो रूटमा भाडा सस्तिने अनुमानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4