+
+

बारामा भरुवा बन्दुक पड्किएर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:३४

१ वैशाख, वीरगञ्ज । बारामा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको हो ।

दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा बुधबार राति साढे ११ बजे उनलाई गोली लागेको थियो । खोलामै रहेको सिरु घारीमा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको खबर बिहीबार बिहान ३ बजे पाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुक कसको हो, पासोमै परेर उनको मृत्यु भएको हो वा कसैले पड्काएको हो ?

भन्ने बारेमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘प्रारम्भिक सूचना आउँदा जंगली जनावारका लागि थापिएको पासोमा परेर बन्दुक पड्कदा उनको मृत्यु भएको भनिएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?