+
+
च्याम्पियन्स लिग फुटबल : :

सिटीका डिफेण्डर भन्छन् : एट्लेटिकोसँग मुश्किलले जोगियौं

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:५५

१ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीका डिफेण्डर जोन स्टोन्सले एट्लेटिको मड्रिडविरुद्धको तनावपूर्ण खेलका क्रममा आफ्नो टिमले संयमता अपनाएको बताएका छन् ।

पेप ग्वार्डिओला प्रशिक्षित सिटीले एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को जितका साथ च्याम्पियन्स लिगको सेमिफाइनलमा अर्को स्पेनिस महारथी रियल मड्रिडसँगको भेट पक्का गरेको छ ।

इत्तेहाद रंगशालामा भएको पहिलो लेगमा केभिन डि ब्रुयेनको निर्णायक गोलमा सिटी विजयी भएको थियो । दोस्रो लेगमा आक्रामक घरेलु माहोलमा सिटीले गोलरहित बराबरीमा खेल टुंग्याउन सफल रह्यो ।

खेलको अन्त्यतिर एट्लेटिकोका सेन्टरब्याक फेलिपेले सिटीका फिल फोडेनमाथि डरलाग्दो ट्याकल गरे । रेफ्रीले केही समय लिएर उनलाई रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोलीका खेलाडीबीच केही समय तनावको स्थिति सिर्जना भयो । खेलको इन्जुरी समय १२ मिनेटसम्म धकेलिएको थियो ।

भिडियोमा देखिएअनुसार खेल सकिएपछि चेन्जिङ रुमतर्फ प्रस्थान गर्नेबेला पनि खेलाडीहरु आक्रामक मनस्थितिमै थिए । दुई टोलीका खेलाडीलाई छुट्याउन प्रहरीको सहायता लिनुपरेको थियो ।

‘यो ठाउँ सजिलो हुँदैन भन्ने हामीलाई पहिले नै थाहा थियो । यहाँ एक प्रकारको शत्रुतापूर्ण माहोल रह्यो । आजको रात हामीलाई निकै कठिन रह्यो । हामीले दुवै खुट्टा कसरी जोगाउन सक्यौं र आफूलाई नियन्त्रित गर्‍यौं, आफैंमा अविश्वसनीय छ’ स्टोन्सले बीटी स्पोर्टससँग भनेका छन्, ‘उनीहरु कहिलेकाहीँ आफ्नो संयमता गुमाउँछन् । तर महत्वपूर्ण कुरा के हो भने हामीले आफ्नो आवेश गुमाएनौं ।’

स्टोन्सले एउटा खेलको सबै पक्षलाई बिर्सिएर एकअर्काको सम्मान गर्नुपर्ने पनि बताए । ‘यी कुराहरुमा धेरै चर्चा नगर्दा राम्रो हुन्छ । हामीले त्यसबारे ध्यान दिने पक्षमा छैनौं । एक अनुभवी विपक्षीविरुद्ध हामीले दुवै लेगमा सानदार प्रदर्शन गर्न सक्यौं,’ उनले भने ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले स्पेनिस प्रतिस्पर्धीबारे धेरै आलोचना नगर्ने नीति लिए । फोडेनलाई नै निशाना बनाएर एट्लेटिकोले तनावपूर्ण खेलको नेतृत्व लिएको हो ? भन्ने प्रश्नमा ग्वार्डिओलाले भने, ‘मलाई केही भन्नु छैन । म अरु मान्छेले के गरिरहेको छ भनेर टिप्पणी गर्न चाहन्न ।’

ग्वार्डिओलाले पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिग जित्नका लागि आफ्नो टिममा धेरै सुधारको आवश्यकता रहेको बताए । ‘उनीहरु स्पेनका च्याम्पियन हुन् । र त्यस्तै उर्जाका साथ खेले । दोस्रो हाफमा उनीहरु हामीभन्दा राम्रो स्तरमा थिए । तर भाग्यवश हामीले गोल खानु परेन,’ उनले थपे, ‘हामीले पहिलो हाफमा धेरै अवसर सिर्जना गरेका थियौं । समग्रमा हामी सेमिफाइनलमा छौं र त्यसका लागि हामी योग्य थियौं ।’

दोस्रो हाफमा सिटीले चोटका कारण केभिन डि ब्रुयेन र केल वाल्करलाई गुमाएको थियो । तीन दिनपछि एफए कप सेमिफाइनलमा लिभरपुलसँग खेल्नुअघि प्रमुख खेलाडीको चोट सिटीका लागि चिन्ताको विषय हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?