+
+

हेटौंडाको उपमेयरमा राप्रपा नेपालको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १८:१७

१ वैशाख, हेटौंडा । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपा नेपालले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ ।

बुधबार नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धनको सहमति भएको थियो । त्यसको भोलिपल्ट बिहीबार मकवानपुरका स्थानीय तहमा तालमेल गर्ने विषयमा दुई पार्टीबीच छलफल भएको छ ।

बिहीबार एमाले पार्टी कार्यालयमा भएको छलफलमा उपमहानगरपालिकासहित केही पालिकामा तालमेलको विषयमा छलफल भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

उपमहानगरको उपमेयरसहित एमालेले हारेका वडाहरुमा आफ्नो दावी रहने उनले बताए । यद्यपि अहिले नै पदको विषयमा छलफल सुरु नभइसकेको सापकोटाको भनाइ छ ।

उपमेयरसहित उपमहानगरको ६, १ र १२ सहितका वडा र जिल्लाकै अर्को एक गाउँपालिकामा राप्रपा नेपालले दावी गरेको छ । तालमेलका विषयमा शुक्रबार र शनिबार थप छलफल हुने सापकोटाले बताए ।

नेकपा एमाले मकवानपुका अध्यक्ष एकालाल श्रेष्ठले राप्रपा नेपालसँग चुनावी तालमेलको कुरा भएको उनले बताए । अहिले सांगठनिक अवस्थाको बारेमा दुबै पार्टीले तयारी गर्ने र फेरि छलफलमा बस्ने सहमति बनेको उनले जानकारी दिए ।

‘अहिले पदको बारेमा कुनै कुरा भएको छैन तैपनि सहकार्यको कुरामा माग दाबी रहिहाल्छ’ अध्यक्ष श्रेष्ठले भने ।

छलफलमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए ।

राप्रपा नेपालको तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बालकृष्ण कार्की, दामोदर वाग्ले र जिल्ला अध्यक्ष सापकोटा सहभागी थिए ।

तत्कालिन राप्रपाले २०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा मेयरमा ७ हजार र उपमेयरमा ७ हजार ४ सय मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?