+
+
Shares

सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोग दर्ता गर्दा पेश भएको कागजात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:४२

२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग दर्ता गर्दा पेश भएको कागजात झिकाउने आदेश गरेको छ ।

महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चतले शुरुमै कागजात झिकाउने आदेश गरेको हो ।

त्यो मुद्दा शुरुमै संवैधानिक इजलासमा पेश भएको थियो । ‘अब संवैधानिक इजलासले झिकाइएका कागजात अध्ययन गर्छ’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘त्यसपछि मात्रै कारण देखाउ आदेश अनि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा प्रवेश हुन्छ ।’

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले महाभियोग विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । त्यही निवेदनमाथि शुक्रबार शुरुवाती बहस भएको हो । अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गरेको अर्को निवेदनलाई सर्वोच्च अदालतले साथै राख्न आदेश दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?