+
+

चितुवाको छालासहित गुर्जुधाराबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १९:३०

२ वैशाख, काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं ‍गुर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका-१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका-३ बस्‍ने ४६ वर्षीय दिलबहादुर तामाङ छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई काठमाडौंको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्‍यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?