+
+

म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डो समस्या कि समाधान ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:२०

४ वैशाख, काठमाडौं । म्यानचेस्टर युनाइटेडका लागि र्पाेचुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो समस्या कि समाधान ?

यो यस्तो प्रश्न हो जुन वल्ड ट्राफोर्ड आसपासका फुटबल समर्थकको जिब्रोमा झुण्डिरहेको हुन्छ ।

शनिबार घरेलु मैदानमा नर्विचसँगको ३–२ को जितमा रोनाल्डोले गरेको ह्याट्रिक मात्र हैन, उनको हेडर र फ्रिकिक गोलले यो प्रश्न फेरि एक पटक चर्चामा आएको छ । बीस यार्डको दुरीबाट पनि बललाई गोलको दिशा दिनु सामान्य होइन भन्दै उनको प्रसंसा भएको छ ।

रोनाल्डोकै प्रदर्शनको भरमा पाएको ३–२ को जितले आउँदो सिजनको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको ढोका खुल्ने संभावना कायम छ । महत्वपूर्ण खेलमा गरेका प्रदर्शन र योगदानले उनी म्यानचेस्टर युनाइटेडका लागि बलिया खेलाडी हुन् भन्ने पुष्टि हुन्छ ।

रोनाल्डोको लागि यो म्यानचेस्टर युनाइटेडमा दोश्रो इनिङ्स र समग्रमा सातौं सिजन हो । यस क्रममा उनले प्रिमियर लिगमा ९९ गोल पूरा गरेका छन् । क्लब फुटबलमा एकै सिजन २० भन्दा बढी गोल गरेको यो उनको १६ औं सिजन हो ।

रोनाल्डोको प्रदर्शनको प्रसंसा गर्दै नर्विचका प्रशिक्षक डीन स्मिथले भने, ‘यदि कोही खेलाडीले २० गोल गर्छ र १५ गोल असिस्ट गर्छ भने त्यो खेलाडी क्लबका लागि निकै महत्वपूर्ण हुनेछ ।’

उनको यो भनाइको सन्देश हो, युनाइटेडले क्लबका हितका लागि भए पनि रोनाल्डोलाई छोड्नु हुँदैन ।

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रंगनिक भन्छन्, ‘यो कुनै संयोग होइन । हरेक खेलमा उत्कृष्ट नजिता निकाल्ने उनी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् ।’ अहिलेको नतिजा हेर्ने हो भने पनि ओल्ड ट्रफोर्डमा उनको प्रदर्शन अन्य टोलीका लागि भारी नै रहन पुग्छ ।

लिभरपुलविरुद्धको खेल निकै कठिन

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फले मंगलबार प्रिमियर लिगमा लिभरपुलसँग हुने खेल निक्कै कठिन हुने आकलन गरेका छन् ।

लिभरपुल पछिल्लो समय निकै बलियो टिमको रुपमा उदाएको छ । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै लिभरपुल एफए कपको फाइनलमा पुगेको हो । यसरी हेर्न हो भने लिभरपुल यस सिजनमा चार उपाधिको दाबेदारी गर्ने तयारीमा छ ।

‘लिभरपुलले जसरी सिटीमाथि जित हात पार्‍यो । त्यो हेर्दा हाम्रो लागि पनि मंगलबार हुने खेल निकै कठिन हुनेछ’, राल्फले भने ।

७३ अंकसहित तालिकाको दोश्रो स्थानमा रहेको लिभरपुलको म्यानचेस्टर सिटीको भन्दा १ अंक कम छ ।

पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड चौथो स्थानको टोटनहमभन्दा ३ अंकले पछि छ । यस्तोमा लिभरपुललाई उपाधि होड कायम राख्नमा मात्रै हैन युनाइटेडलाई च्याम्पियन्स लिगको ढोका खुल्ला राख्नमा पनि मंगलबारको खेलमा जितको बिकल्प छैन ।

त्यसैले मंगलबारको खेलमा खेलमा रोनाल्डोको कस्तो प्रदर्शन गर्ने छन् ? त्यसको नतिजापछि मात्र रोनाल्डोकाबारेमा समर्थक र आलोचकले गर्ने चर्चा फरक हुन सक्छ ।

– बीबीसीको सहयाोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?