+
+

नेपालले अफगानिस्तानसँग २ मैत्रीपूर्ण खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:०५

४ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको हो ।

छनोटका लागि नेपाली राष्ट्रिय टिमले तयारी तिव्र पारेको छ ।

झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।

कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २५ गते) मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते) मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ ३१ गते) मा खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?