
४ वैशाख, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाको मेयर र उपमेयरका लागि नेकपा एमालेले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नगर कमिटीको आइतबार बसेको बैठकले मेयरमा कृष्ण खाँण र उपमेयरमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मेयर र उपमेयरको नाम सर्वसम्मत गरिएको नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । मेयरको उम्मेदवारमा सिफारिस भएका खाँण एमालेको स्याङ्जा जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने उपमेयरको उम्मेदवार थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
मेयरको दाबी गरेका नगर अध्यक्ष शोभाकान्त पौडेल, सचिव यामकान्त खनाल पछि हटेपछि खाँणको उम्मेदवारी सर्वसम्मत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4