+
+

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १३:११

५ वैशाख, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोक्दा चाँदीको मूल्य भने तोलामा १ हजार ४२० रुपैयाँ छ । आइतबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?