+
+

भरतपुर माओवादीलाई दिनेमा करिब सहमति भइसकेको छ : प्रचण्ड (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १४:०३

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।

६ वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले एउटा महानगरपालिका पाउनु स्वभाविक भन्दै प्रचण्डले त्यसमा जुन सजिलो हुन्छ त्यही लिनु उचित हुने बताए । त्यस आधारमा आफूहरुलाई भरतपुर नै उपयुक्त हुने उनको भनाइ छ ।

‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई)  नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला । त्यसकारण हामी बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।

उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु (दाहाल) नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?