+
+

गणेमान सिंह बक्सिङ मंगलबारदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:१८

५ वैशाख, काठमाडौं । नेता गणेशमान सिंहको स्मृतिमा आयोजना हुने राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष/चार महिला, मधेश प्रदेशबाट सात पुरुष/पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष/तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष/तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष/चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष/४ महिला  सहभागी हुने छन् ।

यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष/पाँच महिला, एपीएफबाट सात पुरुष/५ महिला र नेपाल पुलिस क्लबाट चार पुरुष/२ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?