+
+

साङ्लोले बाँधेर राखिएका युवाको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १३:२८

५ वैशाख, झापा । जिल्लाको हल्दिबारी गाउँपालिका–५ मा साङ्लोले बाँधेर राखिएका एक युवाको उद्दार गरिएको छ । मानसिक अवस्था विग्रिएपछि गत पुसदेखि घरमा साङ्लोले बाँधेर राखिएका २३ वर्षीय गंगाप्रसाद ढकाललाई विर्तामोडस्थित विएण्डसी अस्पतालले उद्दार गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं आफैं पुगेर उनको उद्धार गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । उनका अनुसार उद्दार गरिएका सम्पूर्ण उपचार खर्च विएण्डसीले व्यहोर्नेछ । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाइ छ ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए । छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्रप्रसादले दुखेसो समेत पोखेका छन् ।

गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान नगएको चन्द्रप्रसादको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?