+
+

एमालेको समर्थनमा सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ८:४४
Photo Credit : Laxman Kandel/Facebook

६ वैशाख, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । कँडेलले ९११ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी हर्षविक्रम खड्काले ८६३ मत ल्याए ।

संघको १३ औं कार्यसमितिको नेतृत्व छान्नका लागि आइतबार भएको मतदान भएको थियो । संघको नेतृत्वका लागि नेपाली कांग्रेसभित्रै दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । हर्षविक्रमलाई अध्यक्षमा सत्तागठबन्धनले समर्थन गरेको थियो भने कँडेललाई कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमाले निकट व्यवसायीहरूले सहयोग गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काको गृह जिल्ला समेत रहेको सुर्खेतमा खड्काको प्यानललाई कांग्रेसको संस्थापन पक्षसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट व्यववसायीको साथ थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी हुँदा दीपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित भएका छन् ।

उद्योग उपाध्यक्षमा सिंहराज बमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् । महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरुमा खड्का समूहबाट सबैभन्दा धेरै निर्वाचित भएका छन् । महिला सदस्यमा कृति शाक्य गुभाजु निर्वाचित भएकी छन् । एसोसियट सदस्य जनकबहादुर थापा र सन्तोषकुमार बराईली पनि खड्का समूहबाटै निर्वाचित भएका छन् ।

खुला सदस्यमा पहलसिंह बस्याल, अर्जुनजंग शाही, लक्ष्मण खत्री देवकोटा, अजय गुरुङ, भुवन ज्ञवाली र बुद्ध तामाङ पनि खड्का समूहबाट नै निर्वाचित भएका छन् ।

महिला सदस्यमा लक्ष्मीकुमारी तिवारी, खुला सदस्यमा गणेश खड्का, दीपक खड्का, विन्द्रप्रसाद जैसी, रमेश बराल, सागर भुषाल कँडेल समूहबाट निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?