+
+

कास्कीका कांग्रेस नेताहरुलाई देउवाले काठमाडौं बोलाए, कांग्रेसले कास्की नछोड्ने पौडेलको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ९:१६
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल

६ वैशाख, पोखरा । नेपाली कांग्रेस कास्कीका नेताहरुलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।

देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज काठमाडौं जाँदैछन् । ‘तुरून्त काठमाडौं आउनू’ भनेकाले आफूहरु तीन जना काठमाडौं लागेको कास्की सभापति बरालले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिकासहितका स्थानीय तहहरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार चयन गर्ने विषयमा विवाद छ । भागबण्डा मिलाउन बैठक बसिरहेको बेला कांग्रेसका जिल्ला सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले नेकपा एकीकृत समाजवादीसँग सहमतिको सम्भावना सकिएको आसयसहित संयुक्त विज्ञप्ति जारी गरेपछि गठबन्धनमा खैलाबैला मच्चिएको थियो ।

लगत्तै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अर्को विज्ञप्ति जारी गर्दै सचिवद्वयले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको बताएका थिए ।

कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका छन् । पाँचवटै पालिकाको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरमा नेकपा एकीकृत समाजवादी, मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र अन्नपूर्ण गाउँपालिकामा जनता समाजवादी पार्टीले दाबी गरेका छन् । जसपाले आफूहरुको उपस्थितिलाई सम्मानजनक रुपमा नलिइएको भन्दै गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ । सहमतिको प्रयासमा आज पुनः पोखरामा गठबन्धनको बैठक बस्ने तयारी छ ।

कांग्रेसले कास्की नछाेड्ने रामचन्द्र पाैडेलको भनाइ

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले कुनै पनि हालतमा कांग्रेसले कास्की नछाेड्ने आडभराेसा पाेखरालाई दिएका छन्  । पाैडेलले कास्कीका नेताहरूलाई फाेन गरेर साेमबार नै अडान नछाड्न भनेका थिए । उनले केन्द्रमा पनि पाेखराकाे विषयले अड्किएकाे जानकारी गराएका थिए ।

वरिष्ठ नेता पाैडेलले पाेखरा कांग्रेसले अरू पार्टीलाई छाेड्न नमिल्ने अनलाइनखबरसँग बताए । ‘पाेखरा अरू पार्टीलाई छाेड्ने कुरा हुन्न, गठबन्धन पनि टुटाउने कुरा हुन्न । पाेखरा कांग्रेसले पाएन भने एमालेले जित्छ । गठबन्धन बैठकमा पाेखरा कांग्रेसलाई नै दिन मेराे पनि अडान छ,’ पाैडेलले अनलाइनखबरसँग भने । पाेखराकाे टुंगाे नलागी अन्य महानगर र उपमहानगरमा उम्मेदवार टुंगाे नलाग्ने  पाैडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?