+
+
Shares

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १७:०७

६ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ ।

मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई अझ स्पष्टताका साथ समावेश गर्न आग्रह गरेका हुन् ।

‘हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई विशेष आग्रह गर्दछ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ति

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?