+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीको युरोप भेला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ६:३२

बार्सिलोना । सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरूको युरोप भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेला विभिन्न निर्णयहरू गर्दै आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न भएको हो ।

विदेशमा सिकेका ज्ञान, सीप र विज्ञतालाई पर्वत जिल्लामा पुर्‍याउनेलगायत विदेशबाट जिल्लामा लगानी भित्राउने जस्ता महत्वपूर्ण निर्णय गर्दै युरोप भेला सम्पन्न भएको समाजद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ।

समाजले पूर्वघोषित परियोजनालाई सफल पार्नका लागि स्थानीय निकायसँग छलफल गर्न भन्दै समाजका उपाध्यक्ष गुणराज शर्माको संयोजकत्वमा एक समिति समेत गठन गर्ने निर्णय गरेको छ। तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने भन्दै गठित समितिमा दधि आचार्य र प्रकाश पौडेल सदस्य रहेका छन्।

युरोपेली भेलामा विदेशमा रहेका पर्वतेलीहरूको सामूहिक लगानी, संस्थागत विकास, र भावी योजनाबारे विभिन्न सेसनहरूमा छलफल गरिएको थियो ।

समाजका संरक्षक तथा गैरआवासीय नेपाली संघका एक अध्यक्ष  कुल आचार्यले प्रमुख अतिथिको रुपमा भेलाको उद्घाटन गरेका थिए।

उनले पर्वत समाजलगायत प्रवासमा खोलिएका सबै संगठनहरूसँग एनआरएनले सहकार्य गर्दै अघि बढ्ने बताए। एनआरएन १०औं अन्तर्राष्ट्रिय महाधिवेशनका बेला भएका घटनाहरूको स्मरण गर्दै आचार्यले भने, ‘अब पुरानो घाउ नकोट्याउनु होला। आम सहमति गरेर आइसकेका छौं। अहिले एनआरएनलाई सबैको साथ र सहयोगको खाँचो रहेको छ।’

उनले एनआरएनमा तीन जना अध्यक्षसहित जम्बो कार्यसमिति भए पनि मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। डेढ वर्षभित्रै संघको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै संस्थालाई पुरानै लयमा फर्काउने अध्यक्ष आचार्यले दाबीसमेत गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसी (बेल्जियम), संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पुरन गिरी (युके)संरक्षक सन्तोष जोशी (सुभाष), (बेल्जियम),संरक्षक सुरेन्द्र भुसाल (बेल्जियम), सल्लाहकार उदयराज गौतम (डेनमार्क),उपाध्यक्ष गुणराज शर्मा (स्विट्जरल्याण्ड)सचिव बाबुराम शर्मा (अमेरिका), सचिव प्रकाश पौडेल (बेल्जियम) लगायतले बार्सिलोना भेलामा सम्बोधन गरेका थिए।

अन्तर्राष्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेलको संयोकत्वमा आयोजक समिति गठन गरिएको थियो भने भेला व्यवस्थापनको जिम्मेवारी पर्वत समाज स्पेनका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले लिएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूलगायत नेपालदेखि आएका कलाकारद्वय शुष्मा लोहोनी र कल्पना काफ्लेले रमाइलो प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?