+
+

आर्मीले जित्यो मुख्यमन्त्री कबड्डी प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १५:२५

७ वैशाख, धनगढी । धनढीमा सञ्चालित मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

सर्वाधिक राशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।उपविजेता एपीएफले ८० हजार रुपैयाँ पाएको छ ।

सेमिफाइनलमा पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई बुधबार नै पुरस्कार वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?