+
+

महेश त्रिपाठी अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता विधामा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:०४

काठमाडौं । ‘चपली हाइट ३’ फेम्ड अभिनेता महेश त्रिपाठी एक अमेरिकी फिल्म फेस्टिभलको उत्कृष्ट अभिनेता विधामा मनोनयन भएका छन् ।

बुधबारबाट सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा त्रिपाठी फिल्म ‘हल्कारा’बाट मनोनित भएका हुन् । उक्त फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको मनोनयन सूचीअनुसार त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा छन् ।

मनोनयनमा परेपछि त्रिपाठीले विश्वको तेस्रो पुरानो फिल्म फेस्टिभलमा मनोनयनमा पर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुसीको कुरा भएको बताए । ‘नोभेम्बर रेन’बाट फिल्मी करिअर थालेका त्रिपाठीको तेस्रो फिल्मको रुपमा ‘हल्कारा’ रहेको छ ।

यसअघि उनी अभिनित ‘चपली हाइट ३’ हलमा प्रदर्शन भइसकेको छ । अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा स्क्रिनिङ हुने तयारी छ ।

फिल्ममा महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री र विद्या कार्कीको पनि अभिनय छ । कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको यस फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?