+
+

मकवानपुरका सबै पालिकामा एमालेका उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १८:५३

७ वैशाख, मकवानपुर । मकवानपुरमा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका लागि नेताहरुको नाम प्रदेश कमिटीमा पठाएको छ ।

पालिका स्तरीय कमिटीबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

उनका अनुसार जिल्लाका १० पालिकामध्ये चारवटाका प्रमुखको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ । ६ वटामा भने पार्टीले तोके भन्दा बढी आकांक्षीको नाम सिफारस भएको छ ।

भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम थापा र उपाध्यक्षमा पार्वती राना, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ, इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमाया बल्च्या, राक्सिराङ गाउँपालिका अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तली प्रजा सिफारिस भएका छन् ।

हेटौंडा उपमहानगरपालिका प्रमुखमा अनन्त पौडेल, गणेशकुमारी प्रधान र हरिबहादुर महत र उपप्रमुखमा आरती पाठक, इन्द्रप्रसाद नेपाल र सुमित्रा काफ्लेको नाम सिफारिस भएको छ ।

थाहा नगरपालिकाको मेयरमा विष्णुप्रसाद ढकाल, शशीधर सुवेदी र अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामी र चमेली वाइवाको नाम सिफारिस भएको छ । मेयरका दावेदार ढकाल अघिल्लो निर्वाचनमा पराजित भएका हुन् ।

कैलाश गाउँपालिकाका अध्यक्षमा नरेन्द्रलाल रिजाल, बद्धिबहादुर मोक्तान, श्याम उप्रेती, सजित कार्की र सुकुमाया थिङ सिफारिस भएका छन् । उपाध्यक्षमा अर्जुन बर्ताैला, तारा थिङ, पविना गुरुङ, महेश चेपाङ, राजकुमार बल र सुकुमाया थिङ सिफारिस भएका छन् ।

बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्घा, छिरिङ दोर्जे पाख्रिन, नरबहादुर घलान, राजकुमार तिमल्सिना र रुकु तिमल्सिनाको नाम सिफारिस भएको छ । उपाध्यक्षमा धनमाया स्याङतान, राधिका तिमल्सिना, शर्मिला विश्वकर्मा र सविना योञ्जनको नाम सिफारिस भएको छ ।

मनहरि गाउँपालिका अध्यक्षमा एकराज उप्रेती, जयराम अर्याल, दिलबहादुर स्याङ्तान, नबिन सुवेदी, श्यामसुन्दर ढकालको नाम सिफारिस भएको छ । उपाध्यक्षमा गीता प्रजा, पम्फा रोका, विमला कार्की र सुजिता थिङको दावी छ ।

बकैया गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद चौलागाई, गोपाल दाहाल, दलबहादुर वाइवा र सरला बोलखेको नाम सिफारिस भएको छ ।

उपाध्यक्षमा जिमी लो, बद्रीलाल थिङ, बिजयकुमार वाइबा याङग्री डोल्मा तामाङ भोम्जन, लालबहादुर स्याङतान र सुस्मिता घोरासैनीको नाम सिफारिस भएको नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?