+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

आफूले लोडसेडिङ हटाएको दाबीबाट पछि हट्दै ओलीले भने- लोडसेडिङ यस्तो छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २२:३६

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य नभएको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार भएको ‘युवासँग म’ कार्यक्रममा ओलीले लोडसेडिङ अन्त्य भएको भनेर प्रचार मात्रै गरिएको बताएका छन् ।

३० वैशाख २०७५मा उद्योगबाट पनि लोडसेडिङ हटाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो । सर्वसाधाराणको घरमा हुने लोडसेडिङ भने त्यसअघि नै हटिसकेको थियो ।  पूर्ण रूपमा लोडसेडिङ हट्नुलाई तत्कालीन  केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो सरकारको सफलताको सूचीमा राख्दै आएको थियो ।

नेकपा एमालेका नेताहरुले  मात्रै हैन, ओली स्वयमले नै लोडसेडिङ अन्त्यलाई आफ्नो सरकारको योजनाको परिणाम र सफलताका रुपमा अर्थ्याउने गरेका छन्

तर, बुधबार ओलीले लोडसेडिङ अन्त्य भएको भनिए पनि बत्ती जान नछोडेको बताए । ‘गफ दिने बेलामा लोडसेडिङ अन्त्य गर्ने नेता भनेर प्रचार गर्ने, एउटा पार्टीले त कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्न लोगो बनाएको देखियो,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपष्कमल दाहालले नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो समेत राखेर बनाएको चुनावी पोस्टरलाई लक्षित गर्दै ओलीले भने ।

‘पछि त्यो कर्मचारीले लाज मानेर आफैं फोटो हटाऊ भने, किनभने लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा ३ पटक बत्ती जान्छ,’ ओलीले अघि भने । उनले ४ रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गरको आरोप पनि लगाए ।

‘चार रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने गरेको छ, प्रतियुनिट ३४ रुपैयाँ घाटामा,’ कुलमानप्रति लक्षित गर्दै ओलीले  भने,’यस्ता व्यक्तिको फोटो लिएर भोट माग्न हिँड्ने पार्टीहरु पनि छन् गठबन्धनभित्र ।’

विभिन्न प्राविधिक कारण देखाएर प्राधिकरणले समय-समयमा विश्वसनीय बिजुली आपूर्ति गर्न सकेको छैन । बिजुलीको माग बढेअनुसार आपूर्ति गर्न सक्ने पूर्वाधार नभएकाले पूर्वाधार बनाउने काम भइरहेको प्राधिकरणले बताउने गरेको छ । झ्याप्प-झ्याप्प बिजुली जाने समस्यालाई प्राधिकरणले लोडसेडिङ नभई प्राविधिक कारणले आएको समस्या भन्ने गरेको छ ।

प्राधिकरणले  भारतसँगको बिजुलीकाे औसत विक्री र खरिद मूल्य ४ रुपैयाँ नै रहेको दाबी पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?