+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १७:०१
फाइल तस्वीर

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको उनको जिकिर छ ।

नेपालका ९० प्रतिशत जनताले विद्युतको प्रयोग गरिरहेको उनको दाबी छ ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?