+
+

नेपाल भर्सेस जिम्बाब्वे शृङ्खला : पुबुदु फर्केपछि नेपालले तयारी सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ८:०८

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाब्वे ए टिमसँग यही वैशाखमा एक दिवसीय र टी-२० शृङ्खला खेल्दैछ ।

नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र जिम्बाब्वेको ए टिमसँग शृङ्खला खेल्न लागेको हो र दुवै फर्म्याटको शृङ्खला कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।

नेपालले मुख्य प्रशिक्षक पुबुदु दासानायके क्यानडाबाट फर्किएपछि शृङ्खलाका लागि तयारी सुरु गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।

गत चैतमा कीर्तिपुरमै भएको टी-२० त्रिकोणात्मक शृङ्खलाको उपाधि जितेपछि पुबुदु आफ्नो देश क्यानडा गएका थिए ।

‘पुबुदु शुक्रबार नेपाल फर्कने कुरा छ । त्यसपछि नेपाली टिमको प्रशिक्षण सुरु हुनेछ’ मल्लले भने ‘खेलाडीहरू सबै खेलिरहेकैले प्रशिक्षणका लागि सजिलो हुनेछ ।’

चैतमा पपुवा न्यु गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खंला र पपुवा न्युगिनी सँगै मलेसियासहितको टी-२० शृङ्खलाको लागि नेपालले दुई परक टोली घोषणा गर्दै युवा खेलाडीहरूलाई अवसर दिएको थियो ।

यसपटक नेपालले जिम्बाब्वे ए टिमसँग पनि दुई फर्म्याटको क्रिकेट खेल्दैछ । त्यसका लागि नेपालको दुई फरक टिम छनोट गरिने सम्भावना रहेको मल्लले जानकारी दिए ।

कप्तान, प्रशिक्षक र सेलेक्टरको सल्लाहमा टिम छनोट गरिने मल्लले बताए ।

जिम्बाब्वे आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेकोले विभिन्न देशसँग शृङ्खला खेल्न लागेको हो । नेपालमा ए टिम आउँदा जिम्बाब्वे ११ ले दक्षिण अफ्रिकाको ए टिमसँग घरेलु मैदानमा शृङ्खला खेल्दैछ ।

जिम्बाब्वेको टिम शृङ्खलाका लागि यही अप्रिल २८ मा नेपाल आउने क्यान कार्यवाहक सचिव मल्ललले जानकारी दिए ।

नेपाल र जिम्बाब्वे ए टिमबीच तीन एक दिवसीय र तीन टी-२० खेल हुनेछ ।

वैशाख १७ गतेदेखि एकदिवसीय शृङ्खला सुरु हुनेछ । जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एक दिवसीय खेल २१ गते हुनेछ ।

यस्तै टी-२० शृङ्खला अन्तर्गत पहिलो खेल वैशाख २३ गते हुनेछ भने दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ ।

टेष्ट मान्यता प्राप्त देशको ए टिम भएको हुनाले यी खेलहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले लिष्ट एको मान्यता दिनेछ ।

नेपाल र जिम्बाब्वे बीच हुने शृङ्खलाको प्रसारण अधिकार लेभिन स्पोर्ट्सले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?