+
+
सत्तारुढ गठबन्धनमा भागवण्डा :

पाल्पामा कांग्रेसलाई ६, माओवादी र एकीकृत समाजवादीलाई दुई–दुई पालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १३:०३

१० वैशाख, बुटवल । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति भएको छ ।

शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरेको हो । जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको उम्मेदवार पाएको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले अनलाइनखबरलाई जानकारी दिए ।

सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ ।

नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ ।

नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?