+
+

बायर्न लगातार १०औं पटक बुण्डेसलिगा च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते ८:५६

११ वैशाख, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिखले लगातार १०औं पटक बुण्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको ‘डेर क्लासिकर’ खेलमा परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै बायर्नले तीन खेल अगावै लिग उपाधि पक्का गरेको छ ।

सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १०औं सिजन उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ ।

घरेलु मैदान एलिएन्ज एरेनामा बायर्नका लागस सर्जी जिनाब्रीले १५औं, रोबर्ट लेवान्डोस्कीले ३४औं र जमल मुसियालाले ८३औं मिनेटमा गोल गरे ।

डर्टमण्डका लागि एम्रे चानले ५२औं मिनेटमा पेनाल्टीबाट एक गोल गरे ।

यस जितपछि लिग लिडर बायर्नले ३१ खेलबाट ७५ अंक जोडेको छ । समान खेलबाट डर्टमण्डको ६३ अंक छ । डर्टमण्डले अब बाँकी खेल जितेपनि बायर्नलाई भेट्ने छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?