
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा र्यापर बालेन शाहले पनि काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
आइतबार बिहान कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे, जसलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कला क्षेत्रको तर्फबाट उम्मेदवार बन्न लागेका बालेनले घोषणापत्रमा फिल्म र संगीतलाई पनि सम्बोधन गरेका छन् ।
बालेनको घोषणापत्रमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको रुपमा काठमाडौंको ब्राण्डिङ गरिनेछ ।’ साथै, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि बालेनको छ ।
र्याप गायनबाट स्थापित कलाकार बालेनलाई सेलिब्रिटीले सामाजिक सञ्जालका टाइमलाइनबाट पनि भोट मागिरहेका छन् ।
नेकपा एमालेले पनि चलचित्र, नाटक, साहित्य लगायत सिर्जना र स्थानीय स्रष्टाहरुको संरक्षण र सम्वद्र्धन गर्ने योजना अघि सारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया 4